Techie IT
शनिबार, असोज १०,२०७७

बर्दीबास नगरपालिकाले पिसिआर परिक्षण शुरू गरेर सबै नगरपालिकालाई उछिन्यो


काठमाडौं,भदौ १२
कोभिड १९ महामारीको संकटको समयमा बर्दीबास नगरपालिकाले आफ्नो अस्पतालमा पिसिआर परिक्षण ल्याव संचालनमा ल्याएको छ । आज नगरपालिका का प्रमुख विदुर कुमार कार्कीले उक्त ल्यावको उद्घाटन गर्नुभएको हो । प्रदेश २ मा जनकपुर को प्रादेशिक अस्पताल ,नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज ,गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मात्रै पिसिआर परिक्षण हुने गरेको छ ।

बर्दीबास नगरपालिकाले करिब सबा करोड को लागतमा पिसिआर मेसिन जडान गरेको हो । महामारीको बिचमै ल्याव संचालनमा ल्याएको छ । दैनिक ९ सय क्षमताको भए पनि पर्याप्त जनसक्ती नभएकोले हाल ३ सय हाराहारीमा मात्रै परिक्षण हुने भएको छ ।

शुरूवाती चरणमा एक घर एक पिसिआर को अवधारणा मा परिक्षण गर्ने तयारी नगरपालिकाको रहेको छ । सबै जनताले छिटोछरितो रूपमा परिक्षण गरिलाभ लिन सक्नेछन् । खासगरी दुई नम्बर प्रदेशको जनघनत्वको हिसाबले अझै पनि प्रदेशमा १० वटा ल्याव भए पनि कम हुने अवस्था छ । अनावश्यक क्षेत्रमा खर्च गर्ने अन्य नगरपालिकाले बर्दीबास नगरपालिकाले गरेको योजनाबद्व कामबाट धेरै सपक्न सक्ने देखिन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्