Techie IT
सोमबार, असोज १२,२०७७

पहिरो पीडितलाई स्कुल अफ डेमोक्रेसीको खाद्यान्न सहयोग


दोलखा, भदौ १२
भीमेश्वर नगरपालिकाभित्रका पहिरोपीडितलाई स्कुल अफ डेमोक्रेसी जिल्ला शाखा दोलखाले खाद्यान्न सामग्री वितरण गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर सातका पहिरोपीडित ३२ घरपरिवारलाई बिहीबार संस्थाले खाद्य सामग्री वितरण गरेको हो । स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठको आर्थिक सहयोग तथा उपाध्यक्ष भीम खड्काको संयोजकत्वमा पहिरो प्रभावित ३२ घरपरिवारलाई ३२ बोरा चामल, ६४ प्याकेट नुन, ६४ किलो दाल वितरण गरिएको हो ।

गत साता गएको पहिरोले भीमेश्वर नगरपालिका वडा सातमा ४ घरपरिवार पहिरोले विस्थापित बनेका छन् । त्यस्तै २८ घरपरिवार भने पहिरोले सामान्य प्रभावित बनेका छन् । राहत वितरण गर्दै नागरिक समाज दोलखाका अध्यक्ष दीपशंंकर चौलागाईंले आगामी दिनमा पनि यस क्षेत्रका पहिरो पीडितलाई राहत दिलाउन पहल गर्ने बताए । त्यसै संस्थाका उपाध्यक्ष भीम खड्काले जिल्लाका अन्य क्षेत्रका पहिरो पीडितलाई पनि राहत वितरण गर्ने बताए । स्कुल अफ डेमोक्रेसी दोलखाले उक्त क्षेत्रमा ८० हजार रुपैयाँबराबरको राहत वितरण गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्