Techie IT
१० असार २०७८, बिहीबार

तास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सहित १० जना पक्राउ


काठमाडौं ।

रौतहटको गौर नगरपालिका-१ स्थित सुर्य बेम्बो रेष्टुरेन्टमा तास खेलीरहेको अवस्थामा सोही रेष्टुरेन्टका संचालक सर्लाही बलरा नगरपालिका(३ बस्ने २२ वर्षीय अभिशेष मिश्र समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६५ रुपैयाँ, ११ थान मोबाइल र ३ सेट तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्