Techie IT
मंगलबार, असोज ६,२०७७

कोरोना कहरमा पनि धार्मिक स्थलमा दर्शनार्थीको भीड


सोलुखुम्बु, साउन २१
कोरोना भाइरसको महामारीका बीच पनि जनैपूर्णिमाको अवसरमा सोलुखुम्बुका विभिन्न धार्मिक स्थलहरू दशननार्थीहरूको भीड लागेको छ । जिल्लाको कुनै पनि स्थानमा औपचारिक रूपमा मेला नलागे पनि मन्दिरमा दर्शन गर्न जानेको भने भीड लागेको थियो । जिल्लामा अघिल्लो वर्ष अत्यधिक मात्रामा दर्शनार्थीको भीड हुने स्थानहरूमा पनि यो वर्ष निकै कम मात्र उपस्थिति रहेको भए पनि दर्शन गर्न आउनेहरू आएको बताइएको छ ।

जिल्लाको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ मा रहेको दूधकुण्ड मेलामा करिब १५ सयको हाराहारीमा भक्तजन पुगेको बताइएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष निकै कम उपस्थिति रहेको स्थानीय सुरेश खड्काले जानकारी दिए । कोरोनाका कारण यो वर्ष भीडभाड नगर्न प्रशासनले आग्रह समेत गरेको थियो । तर पनि दर्शनार्थीको उपस्थितिले भने विभिन्न कुण्ड मन्दिरहरूमा भीड लागेको थियो ।

त्यस्तै सोलु दूधकुण्ड नगरपालिकाको वडा नम्बर ४ फाप्लु स्थति सानो दुधकुण्ड, थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ७ मा रहेको जालिम मन्दिरमा पनि दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहेको बजार व्यवस्थापन समितिले जनाएका छन् । अघिल्लो वर्षको तुलनामा कम भए पनि दर्शन गर्न आउनेहरू आइनै रहेको बताइएको छ ।

जनै पूर्णिमाको अवसरमा सोलुखुम्बुका विभिन्न धार्मिक पिठहरूमा मेला लाग्नेगरेको थियो । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण अघिल्ला वर्षमा लाग्दै आएको धार्मिक स्थलमा यस वर्ष मेला नलगाउन जिल्ला प्रसाशन कार्यलयले निर्देशन दिएको थियो । प्रशासनले निर्देशनको अवज्ञा गरेमा कारबाही गर्ने समेत जनाएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्