Techie IT
सोमबार, असोज १२,२०७७

डुबेर मृत्यु


काठमाडौं, भदौ ११

सप्तरी, सुरुङ्गा नगरपालिका-१ मुसहरी टोल बस्ने ५५ वर्षीया दुखनी सदाको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा बिहीबार डुबेर मृत्यु भएको छ । कनकपुर बजारबाट दाउरा बेचेर घर फर्कने क्रममा उक्त पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

सर्लाही, बरहथवा नगरपालिका-९ मुर्तियास्थित पानी जमेको खाल्टोमा डुबेर सोही नगरपालिका-१० सितापुर घर भएकी १९ वर्षीया पुनम महतोको बिहीबार मृत्यु भएको छ । मुर्तियास्थित हजुरआमाको घरमा बस्दै आएकी उनको डुबेको अवस्थामा शव फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्