करेन्ट लागेर मृत्यु

काठमाडौं, भदौ ११
बाजुराको बुढीनन्दा नगरपालिका-५ बिरसैन बस्ने ६४ वर्षीय कर्ण चन्द्र पाध्यायको करेन्ट लागेर बिहिबार बिहान मृत्यु भएको छ ।
सबेरै उठेर शौचालय जाने क्रममा घरदेखि करिब सय मिटर टाढा लाईन सर्ट भएको बिजुलीको पोलबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्