विभिन्न धनमाल चोरी

काठमाडौं, भदौ ११
सर्लाहीको ईश्वरपुर नगरपालिका-१ चौलिखा बस्ने ४२ वर्षीय कहिम अंसारीको कपडा पसल र उनका भाइ २४ वर्षीय सहिम अंसारीको कस्मेटिक पसलबाट ५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
कपडा पसलबाट नगद र सर-सामान गरी करिब ३ लाख रुपैयाँ र कस्मेटिक पसलबाट नगद र सर(सामान गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्न रहेकाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्