Techie IT
बिहीबार, कात्तिक ६,२०७७

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं, भदौ ११

कास्की, पोखरा महानगरपालिका-११ तुलसीमार्ग बस्ने २७ वर्षीय बिशाल घमाल बिकलाई अवैध लागूऔषध करिब ३ केजी ४ सय ग्राम गाँजा, ३ सय ग्राम चरेश र नियन्त्रित लागूऔषध ३ सय ट्यावलेट टामासहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिशालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

धनुषा, कमला नगरपालिका-२ माची बस्ने २० वर्षीय गोविन्द मण्डललाई ९ सय ट्याबलेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विदेह नगरपालिका(१ महिनाथपुरस्थित सडकमा ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठडीझिंजाबाट खटिएको प्रहरीले भारतबाट पैदल लुकीछिपी आईरहेका मण्डललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-७ दैजी बस्ने १८ वर्षीय किशोरलाई १ सय ४८ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले सोही स्थानस्थित सडकमा पैदल हिँडिरहेको अवस्थामा शंका लागि जाँच गर्दा बुढालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्