Techie IT
शुक्रबार, माघ ९,२०७७

सहकारी बैंकको ब्याज अब सिङ्गल डिजिटमा


ललितपुर, भदौ ११

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशतभन्दा कम भएको छ । बैंकले भदौ १० गतेदेखि लागू हुनेगरी परिवर्तन गरेको कर्जाको ब्याजदर सिङ्गल डिजिटको बनाएको हो ।

न्यूनतम साढे ६ प्रतिशतदेखि बढीमा साढे दश प्रतिशतसम्मको ब्याजदर कायम भएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकका अधिकांश कर्जाको ब्याज सिङ्गल डिजिडको बनाइएको अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

कृषि तथा कृषि परियोजना कर्जामा साढे ६ प्रतिशतदेखि ९ दशमलव २५ सम्म तथा परियोजना कर्जामा ६ दशमलव ७५ देखि ९ दशमलव ९९ सम्म कायम भएको बैंकले जनाएको छ । बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने कर्जामा सबैभन्दा बढी दिगो सहकारी कर्जा र चालू पुँजी कर्जामा साढे १० प्रतिशत कायम गरेको छ ।

बैंकले आवधिक कर्जामा ८ देखि १० दशमलव २५, हायर पर्चेज कर्जामा ९ दशमलव ९९ तथा लघु कर्जामा ९ देखि १० दशमलव २५ प्रतिशत ब्याज कायम गरेको छ । बैंकले सदस्यहरुमार्फत लिने निक्षेपमा साढे २ प्रतिशतदेखि ७ प्रतिशतसम्म कामय गरिएको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले कोरोनाका कारण सरकारले जारी लकडाउनअन्तर्गत चैतदेखि जेठसम्मको ब्याजमा १० प्रतिशत छुट दिएको थियो । असार गतेदेखि कर्जा २ प्रतिशत ब्याज कम गरेको बैंकले यस पटक थप ब्याज परिवर्तन गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार