Techie IT
शुक्रबार, माघ ९,२०७७

पुरानो मेडिकल कलेज र रोटरी क्लब चितवनबीच मेगा हेल्थ क्याम्प गर्ने सम्झौता


चितवन, भदौ ११
पुरानो मेडिकल कलेज, चितवन र रोटरी क्लब अफ चितवनबीच एक स्मरणपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार रोटा वर्ष २०२०/०२१ मा मेडिकल कलेज र क्लबको संयुक्त आयोजनामा एक वर्षमा तीनवटा डेन्टल क्याम्प हुनेछ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिनेछ ।

साथै उक्त क्याम्पबाट आएकालाई कलेजले अधिकमा ५५ प्रतिशत र न्यूनतम १५ प्रतिशतसम्म छुट दिइने सम्झौता भएको छ । यस वर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिति प्रमुख राजन पियाले बताए । निजी क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लबद्वारा आयोजित क्याम्पमा आउने सम्पूर्णले अस्पतालतर्फका सेवामा सेवाममा छुट पाउनेछन् । यस पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य विभाग प्रमुख राजन पियाले हस्ताक्षर गरेका थिए । कार्यक्रममा अध्यक्ष रोशन पियाले गत वर्षजस्तै यस वर्ष पनि धेरै समुदायले पुरानो मेडिकल कलेजबाट सहुलियतपूर्ण उपचार सेवा लिने बताए ।

देशकै ठूलो आईसीयू तथा सुपर स्पेसियालिटी सेवा उपलब्ध यस अस्पतालमा पहिलादेखि नै स्वास्थ्य बीमा, कडा रोग, डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मिर्गौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । क्याम्पबाट रिफरेन्स वार्ड लिएर आउनेहरुलाई अस्पतालबाट सहुलियतसहितको गुणस्तरीय सेवा दिइने अस्पतालका निर्देशक डा. मनोहर प्रधानले बताए । सेवाग्राहीलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै सम्पर्क व्यक्ति व्यवस्था गरिने र निःशुल्क स्वास्थ्यशिविरले राम्रो टेवा पु-याउने अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

त्यस्तै रोटरी क्लब अफ चितवनले रोट्र्याक क्लब अफ चितवन र प्रोटेक्ट नेपालको साझेदारीमा सोमबार पुरानो मेडिकल कलेजमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई फेसशिल्ड र मास्क वितरण गरेको छ । उक्त उपकरणले अग्रपंक्तिमा कार्यरत सम्पूर्णलाई कोरोनाविरुद्ध लड्ने हौसला र सुरक्षा प्रदान गर्ने क्लबका अध्यक्ष रोशन पियाले बताए । दिनदिनै बढिरहेको महामारी र त्यसको हटस्पट बन्दै आएको पुरानो मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीलाई टेवा पु-याउन उक्त सामग्री हस्तान्तरण गरिएको बताईएको छ । यसअघि पनि प्रोटेक्ट नेपालले रोटरी चितवनको नै सहकार्यमा आखा अस्पतालमा पनि सामग्री वितरण गरेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार