Techie IT
बुधबार, मंसीर १०,२०७७

नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण, ३५ हजार ५ सय २९ पुगे संक्रमित !


काठमाडौं,भदौ ११
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बिहिबार थप १ हजार १ सय ११ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना गरी काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङख्या ३५ हजार ५ सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ । नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या १८३ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्