आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं,भदौ ११
काठमाण्डौं महानगरपालिका-१६ बनस्थलीस्थित नुवाकोट तादी गाउँपालिका-४ घर भएका ४४ वर्षीय राम प्रसाद खनालको कर्नर कोल्ड स्टोरमा विजुली सर्ट भई बुधबार बेलुका आगलागी भएको छ ।
आगलागीबाट कोल्ड स्टोरमा रहेका डि।फ्रिज, दुध, घ्यु, खाद्यान्न लगायत सामानहरु जलेर नष्ट भएको छ ।
आगलागी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्