Techie IT
बुधबार, असोज १४,२०७७

विभिन्न धनमाल चोरी


काठमाडौं,भदौ ११

काठमाण्डौं महानगरपालिका-११ बबरमहल डेरा गरी बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बालुवा घर भएका २८ वर्षीय बिशाल रिजालको कोठाबाट १ लाख ५ हजार रुपैयाँ नगद, १ तोला बराबरको सुनको सिक्री गरी करिब २ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्