करेन्ट लागेर मृत्यु
काठमाडौं,भदौ ११
कास्की, पोखरा महानगरपालिका-२९ सैनिकबस्ती बस्ने मकवानपुर घर भएका ३२ वर्षीय बाबु तामाङको करेन्ट लागेर बुधबार मृत्यु भएको छ ।
सोही स्थानमा निर्माणाधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको लेकनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्सा, सखुवाप्रसौनि गाउँपालिका-३ कटैयास्थित बन्दै गरेको नेपाल टेलिकमको टावरमा मेसिन संचालन गर्न लाईन जोड्ने क्रममा करेन्ट लागेर टेलिकमका कर्मचारी बिराटनगर घर भएका ३४ वर्षीय हरि थापाको बुधबार मृत्यु भएको छ ।
करेन्ट लागेर बेहोस भएका थापाको नारायणी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्