Techie IT
बुधबार, असोज १४,२०७७

सवारी दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं,भदौ ११

धनुषा, जनकपुर उपमहानगरपालिका-१३ स्थित सडकमा ज.१ च १८०१ नम्बरको बोलेरो गाडीले बुधबार दिउँसो ठक्कर दिँदा प्रदेश २-०३-००१ प २२७५ नम्बरको मोटरसाइकल चालक मिथिला बिहारी नगरपालिका-४ बस्ने २२ वर्षीय कलाम नदाफको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय अजाबुल मन्सुकोरको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिई फरार गाडी चालकको खोजी गरिरहेको छ ।

सिरहा, नरहा गाउँपालिका-५ हनुमान मन्दिरस्थित सिरहा चौहर्वा सडकखण्डमा स.५ प ७१६२ नम्बरको मोटरसाइकल बुधबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका(५ बस्ने २३ वर्षीय बिमलेश यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय रामशंकर यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्