Techie IT
बुधबार, कात्तिक ५,२०७७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं,भदौ ११

मुस्ताङ, १५ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्ने रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेक प्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर महानगरपालिका(२ औद्यौगिक क्षेत्र बस्ने मोरङ घर भएका २१ वर्षीय शृजन रायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई २०७६ माघ २६ गते भक्तपुर महानगरपालिका-१ दुधपाटीस्थित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरी फरार रहेका रायलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर महानगरपालिका-२ औद्यौगिक क्षेत्रबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्