Techie IT
सोमबार, असोज १२,२०७७

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं,भदौ ११

रोल्पाको परिर्वतन गाउँपालिका-२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४४ वर्षीय रामचरण बादीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मन बहादुरलाई एक्कासी चिरपट दाउराले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्