Techie IT
बुधबार, कात्तिक १२,२०७७

अवैध लागूऔषधसहित पक्राउ


काठमाडौं,भदौ ११

बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट सोही नगरपालिका-१२ रामथली बस्ने ४३ वर्षीय सुर्य बहादुर घलानलाई १ केजी ६ सय ग्राम लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रामथलीबाट निजगढतर्फ जाँदै गरेको बा.२९ प ९९४९ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ तिलकिनी गाउँबाट ८४ केजी गाँजा सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गाँजा तस्करी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१५ गणतन्त्र बस्ती बस्ने ३७ वर्षीय राज कुमार चौधरीलाई अवैध लागु औषध ३ हजार क्याप्सुल स्पास्मो प्रोक्सिभन पल्स सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा लुकाई छिपाई राखेको अवैध लागु औषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्