मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु

काठमाडौं,भदौ ११
मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्युु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना. ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।
गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्युु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्