Techie IT
१९ साउन २०७८, मंगलबार

क्यानडा पठाइदिने भनी रु.२१ लाख ठगीको आरोपमा तीन पक्राउ


काठमाडौं,भदौ १०

प्रहरीले क्यानडा पठाइदिने भनी रु. २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धंव थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज दिउँसो धापासीबाट पक्राउ गरेको हो

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी रु २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्