ट्रयाक्टरको ट्रली पल्टिँदा एक जनाको मृत्यु

काठमाडौं,भदौ १०
दार्चुलाको मार्मा गाउँपालिका-१ लिस्नास्थित सडकमा लु.१ त ४०४७ नम्बरको ट्रयाक्टरको ट्रली सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय गणेश सिंह धामीको घटस्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाइएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्