Techie IT
शनिबार, मंसीर २०,२०७७

करेन्ट लागेर मृत्यु


काठमाडौं,भदौ १०

बाराको सिम्रौनगढ नगरपालिका-८ कचोर्वा टोल बस्ने रामईश्वर साह कलवारको घर बनाउने काम गर्ने क्रममा करेन्ट लागेर रौतहट बौधीमाई नगरपालिका-९ सरमुजवा बस्ने ३२ वर्षीय रुपनारायण दासको बुधबार मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कंकाली पोली किल्निक सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्