Techie IT
बिहीबार, असोज ८,२०७७

पोखरी तथा खाल्डोमा डुबेर मृत्यु


काठमाडौं,भदौ १०

महोत्तरी, भंगाहा नगरपालिका-६ र बर्दिबास नगरपालिका-१२ को सिमा जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर बर्दिबास नगरपालिका-१२ बस्ने रंजित मल्लिकको १४ महिनाको छोरा बिवेक मल्लिकको बुधबार मृत्यु भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-३० लालपर्सा बस्ने श्रवण साहकी ७ वर्षीया छोरी साबनी कुमारीको डुबेर बुधबार मृत्यु भएको छ । खेल्ने क्रममा घर नजिकैको खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि बयोधा अस्पताल वीरगंजतर्फ लैजाने क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्