Techie IT
१२ साउन २०७८, मंगलबार

गाई काटेको अभियोगमा पक्राउ


काठमाडौं,भदौ १०

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने शंखुवासभा भोटखोला गाउँपालिका-३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरे पश्चात महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्