Techie IT
बिहीबार, असोज ८,२०७७

नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण, ३४ हजार ४१८ पुगे संक्रमित!


काठमाडौं,भदौ १०
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप ८ सय ८५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २३० जना ललितपुरमा ४७ र भक्तपुरमा २४ गरी काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङख्या ३४ हजार ४१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ । यो अबधिमा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ। हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बारामा दुई जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्