Techie IT
२ जेठ २०७८, आईतबार

नेपालमा थप ७६६० जनामा कोरोना संक्रमण,३ लाख ५१ हजार ५ पुगे संक्रमित


काठमाडौँ । देशका विभिन्न प्रयोगशालाहरुमा मंगलबार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ मा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ४१७ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्