Techie IT
बुधबार, असोज १४,२०७७

मलाइ क्षतिपुर्ति र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिन्छु; एसपी बिष्ट (भिडियोसहित)


काठमाडौं,भदौ १०

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ । प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि बाटो बाहिरिन थालेको हो ।

अदालतले तत्कालका अनुशन्धान अधिकृतले गरेको अनुशन्धाननै अपराधि पत्ता लगाउन अनुशन्धान नजिक रहेको स्पष्ट पारेपछि अब निर्मलाको परिवारले न्याय पाउँने देखिन्छ ।

यही सन्र्दभमा तत्कालिन एसपी बिष्टले यो घटनामा जोडेर आफुलाईपनि प्रताडित गरिएकाले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । साथै आफ्नो टीम अनुशन्धान नजिक रहेका कारण फेरी जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिने दावी गरेका छन् । बाँकी भिडियोबाट नै जान्नुहोस् ।




क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्