Techie IT
बिहीबार, असोज ८,२०७७

लागूऔषध सहित पक्राउ


काठमाडौं,भदौ १०

सुनसरी, देवानगंज गाउँपालिका-२ देवानगंज कप्तानगंज सडकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको ९९ बोतल डाइलेक्स डिसीसहित देवानगंज गाउँपालिका-६ बस्ने २२ वर्षीय शिव शंकर यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ जिर्खे खोलाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-८ काँकडा बस्ने २६ वर्षीया सुस्मिता थिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सर्लाही, बलरा नगरपालिका-५ अर्नाहाबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित गोडैता नगरपालिका-९ बस्ने ५५ वर्षीय उपेन्द्र ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अर्नाहाबाट खटिएको प्रहरीले ज।७ प २७९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक ठाकुरलाई उक्त गाँजा सहित फेला पारेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्