Techie IT
आईतबार, कात्तिक ९,२०७७

जनकपुरका अदालत भदौ १५ गतेसम्म बन्द


जनकपुरधाम, भदौ १०
उच्च आदालत जनकपुर तथा जिल्ला आदालत धनुषा भदौ १५ गतेसम्म बन्द हुने भएका छन् । अदालतका न्यायाधिशमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको अदालत भदौ १५ गतेसम्मको लागि बन्द भएको हो । कोरोना महामारीको संक्रमण बढ्दै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरीका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय भएको छ ।

केही साताअघि मात्रै उच्च अदालत जनकपुरका एक न्यायाधिश र सरकारी वकिलको कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको थियो । उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरूबीच भएको बैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरिएको छ । सो अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारीसम्बन्धी निवेदन दर्ता तथा सुनुवाइ भने जारी रहने जनाइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्