Techie IT
बुधबार, कात्तिक १२,२०७७

काठमाण्डौ उपत्यकामा :एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस


काठमाडौं,भदौ ९
(डिसीसीएमसी)को बैठकले काठमाडौं उपत्यकाभरि एक साता निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ। (डिसीसीएमसी)ले उपत्यकामा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो ।

मङ्गलबार दिउँसो बसेको काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको स्रोतले बताएको छ ।

अहिले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने निर्णयको सिफारिस लिएर गृह मन्त्रालयका पुगेका छन् । एसअघि घोषणा गरिएको एकसाताको निषेधाज्ञा बुधबार सकिँदैछ। अब के गर्ने भन्ने विषयमा आजै निर्णय गर्ने तयारी भएको स्रोतले बताएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्