Techie IT
६ असोज २०७८, बुधबार

एपीएफ टोलीद्वारा विभिन्न कृयाकलापमा संलग्न पक्राउ


काठमाडौं भदौ ९

मोरङ जिल्लाको केरावारी गाउँपालिका -६ स्थित चम्पाखोला नजिकैबाट भाद्र ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही जिल्लाको केरावारी गाउँपालिका ५ बस्ने २२ वर्षिय लुकेश राई, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ बस्ने ३० वर्षिय अभियान राई र सोही ठाउँ बस्ने २० वर्षिय उत्सव लिम्वु छन् ।

को १० प ७६९३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लक्ष्मिमार्गबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम ७४ एम्पुल, लुपिजेसिक ९४ एम्पुल र एभिल ९२ एम्पुल फेला परेपछि पक्राउ गरिएको हो ।त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यसैगरी झापा जिल्लाको बाह्रदशी गाउँपालिका २ बिरिङ्ग खोला स्थित सीमा ईलाकाबाट भाद्र ८ गते एपीएफ टोलीले करीव ७ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलोसहित सोही जिल्लाको झापा गाउँपालिका ३ सिमलवारी बस्ने २२ वर्षिय अमित महमद मियालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले निज मियालाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त धुलो भेटिएको तथा निजले उक्त धेलो खैरो हिरोईन भएको बताएपछि पक्राउ गरिएको हो ।पक्राउ परेका मियालाई बरामद उक्त धुलोसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यस्त्ै गरेर बारा जिल्लाको महागढीमाई नगरपालिका ९ कञ्चनपुरबाट भाद्र ८ गते एपीएफ टोलीले चोरीपैठारीको १५ वटा डिसहोमको छातासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको करैयामाई गाउँपालिका ३ गोलापट्टि बस्ने २८ वर्षिय दिलीपकुमार हजरा छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश तेलकुवाबाट खटिएको एपीएफ टोलीले उनलाई चोरीपैठारी गरी उक्त सामान नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका निज हजरालाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यस्तै सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका ११ चकुवाबाट भाद्र ९ गते एपीएफ टोलीले चोरी निकासीको एक सय ७५ बोरा केराउ बरामद गरेको छ । सप्तकोशी नदि हुँदै छ वटा डुङ्गामा राखेर अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त केराउ लैजान प्रयोग भएको छ वटै डुङ्गा समेत बरामद गरेको छ ।

बरामद केराउ तथा डुङ्गा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद केराउ र डुङ्गाको भन्सार दाखिला मुल्य दुई लाख ४७ हजार रुपैयाँ रहेको छ ।यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले भाद्र ८ गते करीव एक लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र सुर्तीजन्य पदार्थ एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ थुकैला स्थित सीमा ईलाकाबाट बरामद गरेका सशस्त्र प्ररी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्