मृत अवस्थामा फेला
काठमाडौं भदौ ९
काठमाडौं, शंखरापुर नगरपालिका-५ इँटाखेल बस्ने ४० वर्षीय श्याम भुजेल कागेश्वरी मनोहरा नगरपालिका-४ स्थित मनोहरा खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कास्की, पोखरा महानगरपालिका-७ वाईचोकस्थित सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुंगा, सुनकोशी गाउँपालिका-१ बलखु बस्ने १६ वर्षीया एल्जिना राई ओछ्यानमा सुतेको अवस्थामा मंगलबार मृत फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्