Techie IT
मंगलबार, असोज ६,२०७७

आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं भदौ ९

आफ्नै बाबुको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय साईला टुडुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चा त घरमै ल्याएर राखेकोमा मंगलबार बिहान उनको मृत्यु भएको थियो।

साइला टुडुको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले छोरा सुनिललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्