Techie IT
बिहीबार, कात्तिक ६,२०७७

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं भदौ ९

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-४ सामरीपुलबाट ११ किलो अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-४ बस्ने ६८ वर्षीय विष्णुलाल रुम्बालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रूम्बाको घरमा अवैध लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा बोरा र प्लास्टिकको झोलामा राखेको उक्त गाँजा फेला पारेको हो ।

पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ मनिअर्वाबाट ८ केजी ६ सय ग्राम अवैध लागूऔषध चरेश र १ किलो अवैध लागूऔषध गाँजाको धुलो सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देउरीया बस्ने ४५ वर्षीय रामचन्द्र राय र सोही ठाउँ बस्ने ४७ वर्षीय जनार्द्धन ओझैया रहेका छन् । मनिअर्वाबाट मसिहानीतर्फ जाँदै गरेको बीआर २२ ए-जी ७३७७ नम्बरको मोटरसाइकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शरीरमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक रामचन्द्र र मोटरसाइकलमा सवार जनार्द्धनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्