Techie IT
शुक्रबार, असोज ९,२०७७

नेपालमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण ३३ हजार ५ सय ३३ पुगे संक्रमित !


काठमाडौं,भदौ ९
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप ८ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा एक १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ गरी काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएका छन ।

यीसहित हालसम्म १९ हजार १ सय १९ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको मानिसको सङ्ख्या १६४ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्