Techie IT
मंगलबार, मंसीर १६,२०७७

सेयर बजार नौ दसमलव ३४ अंकले उक्लियो


काठमाडौ, भदौ ९
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १४ दसमलव ३१ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन अर्थात आज मंगलबार पनि नौ दसमलव ३४ अंकले उकालो लागेर १४ सय ४० दसमलव ९४ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८३ अंकले उकालो लागेर दुुई सय ९३ दसमलव ९७ अंकमा चढेको छ । आज कुुल एक सय ८९ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुुसार २४ हजार एक सय एक वटा कारोवारमा ३९ लाख ४० हजार छ सय ९१ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम एक अर्बब ८५ करोड ५१ लाख ८० हजार पाँच सय १० रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये टे«डिङ, उत्पादनमुलक र लगानी कोष समुहको सुचक घटेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका नौ वटा समुहको सुचक भने उकालो लागेकाछन ।


क्याटेगोरी : समाचार, वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्