Techie IT
शनिबार, असोज १०,२०७७

थप राहत दिन माग


काठमाडौं,भदौ ९

सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली जिल्लाको विकास निर्माण, प्राकृतिक विपद् र कोभिड- १९ को अवस्थाका बारेमा यहाँ आइ जानकारी लिएको छ ।

यसक्रममा जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लाको शान्ति सुरक्षा तथा विकास निमार्णका साथै बाढी पहिरोबाट भएको क्षतिका बारेमा संसदीय टोलीलाई जानकारी गराएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाको जोखिम हुन नदिन भएका प्रयास सहित जिल्लाका सिँचाइ डिभिजन , खानेपानी , कृषि ज्ञान केन्द्र ,पशु , सडक , पूर्वाधार लगायतका कार्यालयका प्रमुखले आ आफ्ना गतिविधिका बारेमा जानकारी गराएका थिए । प्रदेश सभाषद् दीर्घ सोडारीले जिल्लाको विकास निमार्णको अवस्था बुझ्न जिल्ला दौडाहामा निस्केकोे जानकारी दिए । सो टोलिमा प्रदेश सभाषद अक्कलबहादुर रावल , पुणा जोशी , महेशदत्त जोशी , प्रेमप्रकाश जोशी र गेल्बुसिंह बोहोरा पनि रहेका थिए।

जिल्लामा पहिलो पटक आएको संसदीय टोलीसंग जिल्लाबासीहरुले सडक , विद्युत्, खानेपानीका समस्याका बारेमा जानकारी गराउँदै विपद्मा थप राहतको माग गरेका थिए । प्रदेश सरकारबाट जिल्लामा आउने योजनाहरु स्थानीयतहले प्राथमिकता गरेका योजनाहरुमा बजेट नआइ भनसुन र कार्यकर्तामुखी योजना बढी आएका नेपाली काँग्रेसका नेता चेतराज बजालले बताए ।

जिल्ला समन्वय समितिका संयोजक खड्क खड्का, जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले स्थानीयतहमा काम गर्दाको साह्रो गाह्रो र प्रदेश र स्थानिय तह बीचको समन्वय सहकार्यलाइ जोड दिनु पर्ने सुझाव दिएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्