Techie IT
२ जेठ २०७८, आईतबार

आगलागीबाट करिब पच्चिस लाख बराबरको धनमाल जलेर नष्ट


काठमाडौं ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-७ पोखरी टोलमा हावाहुरीसँगै चट्याङ परी सोही ठाउँ बस्ने उदय राय यादव र राजेश पटेलको कुखुरा फर्ममा शुक्रबार राति आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपलिका-१८ स्थित भारत घर भएका चन्दन जैसवालको ओम पशुपति ट्रेडर्स ग्यारेजमा गएराति आगलागी हुँदा ग्यारेजमा मर्मतको लागि राखिएको बा.१ क ९१४३ नम्बरको टिपर जलेर क्षति भएको छ । आगलागीबाट भएको अन्य क्षतिको विवरण हाल खुलेको छैन । सप्तरीको महादेवा गाउँपालिका-१ कुजराही टोल बस्ने ४० वर्षीय मोहमद मुस्ताजको र उनकै भाइ ३६ वर्षीय ईस्ताज मुस्ताजको घरमा गएराति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मकवानपुरको बागमती गाउँपालिका-६ लिती खोला बस्ने जित बहादुर दर्लामी मगरको घरमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने रित बहादुर दर्लामी मगरको घरमा समेत आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्