Techie IT
२ जेठ २०७८, आईतबार

करेन्ट लागेर मृत्यु


काठमाडौं ।

धनकुटाको महालक्ष्मी नगरपालिका-४ चानुवा बस्ने ५३ वर्षीय चन्द्र बहादुर कार्कीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको कोठामा मल्टिप्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्