Techie IT
२ जेठ २०७८, आईतबार

मृत अवस्थामा फेला


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-३२ साईराम चोकस्थित एभरेष्ट फुटवेयरका कामदार बस्ने ट्रसले बनेको घरको दोस्रो तलाको कोठामा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित डिएमएस बुट इन्ड्रस्ट्रिजमा काम गर्ने भारत उन्नउकापुर घर भएका ३४ वर्षीय श्याम मिश्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु पार्कको चौरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।जुम्लाको चन्दननाथ नगरपालिका-१ ठिन्केमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

प्युठानको नौबहिनी गाउँपलिका(७ खालास्थित ढोरे खोलामा सोही ठाउँ बस्ने ५७ वर्षीय राम शाही राना शनिबार मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईडस्थित बाराही मन्दिर नजिकै फेवातालको बिचमा बारा निजगढ नगरपालिका(९ बस्ने १८ वर्षीय नोभिब उप्रेती शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ बेलटोलस्थित मनबौधी खोलामा सोही ठाउँ बस्ने २९ वर्षीय राजु माझी मुसहर शनिबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्