Techie IT
२ जेठ २०७८, आईतबार

हतौडा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं ।

बैतडीको दोगडाकेदार गाउँपालिका-३ सिल्लेगडास्थित मामाघरमा बस्ने रिउले भुलको छोरा १५ वर्षीय महेश भुलको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय नारायण भुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नारायणले हतौडा प्रहार गर्दा महेशको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोचलेक र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्