Techie IT
सोमबार, फागुन २४,२०७७

करेन्ट लागेर मृत्यु


काठमाडौं,भदौ ९

सर्लाहीको मलंगवा नगरपालिका-१ स्थित सोही नगरपालिका-२ बस्ने निर्सल साहको सारदा प्लाई फ्याक्ट्रीमा काम गर्ने भारत बिहार बस्ने ३० वर्षीय राम जुलुम सिंहको करेन्ट लागेर सोमबार मृत्यु भएको छ ।

फ्याक्ट्रीभित्र जेनेरेटरमा तेल हाल्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्