Techie IT
२ जेठ २०७८, आईतबार

प्रदेशप्रमुख प्रसाइँको नयाँ वर्षको शुभकामना


वाग्मती ।
वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले बुधवार जारी गरेको शुभकामना सन्देशमा नयाँ वर्ष २०७८ ले विगतमा हासिल गरेका उपलब्धिलाई समयानुकूल सुदृढीकरण गर्दै मुलुक सुशासन र समृद्धिको मार्गमा उन्मुख रही ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा होस् भन्ने उल्लेख गरेको छ ।

राससका अनुसार गतवर्ष जस्तै यसवर्ष पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सचेत रहेर काम गर्नका लागि उनले सबैमा आग्रह गरे । साथै दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गर्न नयाँ वर्ष सफल बन्न सकोस् भन्ने पनि उनले कामना गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्