Techie IT
बिहीबार, मंसीर १८,२०७७

ट्रयाक्टरको ठक्करबाट मृत्यु


काठमाडौं,भदौ ९

सर्लाहीको रामनगर गाउँपालिका-७ स्थित मधुवनी-बरहथवा सडकखण्डमा प्र.२-०३-००२ प ५२१० नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको ट्रयाक्टरले सोमबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक हरिपुर नगरपालिका-८ घर भएका सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार ३१ वर्षीय दिलिप चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर चालक हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्