Techie IT
शुक्रबार, वैशाख ३,२०७८

भन्सार छली ल्याएका २ सय ७८ थान ब्याट्री सहित पक्राउ


काठमाडौं,भदौ ९

कैलालीको धनगढी उपमहानगरपालिका-१ पशुपति टोल बस्ने ३३ वर्षीय साने आलमलाई भन्सार छली ल्याएको करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्री सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आलमको सोही ठाउँस्थित मोबाइल ग्यालरीमा अवैध रुपमा भारतबाट भन्सार चोरी पैठारी गरी ल्याएका उक्त ब्याट्रीहरु फेला पारी उनलाई पक्राउ गरेको हो ।उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्