Techie IT
शुक्रबार, असोज ९,२०७७

अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित पक्राउ


काठमाडौं,भदौ ९

अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित लमजुङको बेसिशहर नगरपालिका(७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा अवैध जडिबुटी ४ सय ७६।१ केजी डालिङ, १ सय ५४ केजी वन लसुन, २४।६ केजी कुड्की, १४।९ केजी जटामसी, १८।३ केजी सुगन्धवाल, ४।४ केजी सतुवा र २।८ केजी वन आलु फेला पारी बरामद गरेको छ ।

तामाङलाई बरामद जडिबुटी सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्