Techie IT
२ भदौ २०७९, बिहीबार

मकवानपुरमा भदौ १५ गतेसम्म निषेधाज्ञा


हेटौंडा, भदौ ९
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गत साउन २६ गतेदेखि जारी गरेको निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कमाण्ड पोस्टको बैठकले निषेधाज्ञालाई भदौ १५ गतेसम्म निरन्तरता दिन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि प्रशासन कार्यालयले सोहीअनुसार निर्णय गरेको हो ।

बैठकमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि संकलित स्वाबको रिपोर्ट आउन ढिला भएकोले बिरामीलाई चाँडोभन्दा चाँडो रिपोर्ट दिने विषयमा पनि छलफल भएको कमाण्ड पोस्टका सल्लाहकार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए । अहिले स्वाब परीक्षणका लागि धुलिखेलमा पठाइने गरेको छ ।

परीक्षणको दायरा बढाउन जिल्लामा नै मेसिन ल्याउने तयारी भइरहेको पनि उनले बताए । यसअघिको बैठकमा जिल्ला समन्वयका अधिकारीको संयोजकत्वमा कार्यदल बनाई निषेधाज्ञाको विकल्प खोजी जनजीवन सहज बनाउने सुझाव पेस गर्न भनिएको थियो । कार्यदलले पनि भदौ १५ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने प्रतिवेदनमा पेस गरेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्