Techie IT
मंगलबार, असोज १३,२०७७

पहिराले घर पुरिंदा एकको मृत्यु


काठमाडौं,भदौ ९

अविरल वर्षाका कारण पहिराले घर पुरिंदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­२ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिएका छन् ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आज बिहान १ बजेको समेयमा खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेको र एक घरमा परिवारका अन्य सदस्य सुतेको र मृतक पूजा अर्को घर सुतेको अवस्थामा पहिरोले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको राससले जनाएको छ । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षति भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्