Techie IT
सोमबार, वैशाख ६,२०७८

आगलागीबाट करिब ५२ लाख बराबरको धनमाल जलेर नष्ट


काठमाडौं ।

रौतहटको ईशनाथ नगरपालिका-१ बस्ने राम बिलास साह कानु र सोही ठाउँ बस्ने रामेश्वर साह कानुको घरमा मंगलबार दिउँसो आगलागी हुँदा दुबै घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बाँकेको डुडुवा गाउँपालिका-२ बेतहनी बस्ने महेश गोडियाको घरमा मंगलबार दिउँसो लागेको आगो फैलिएर गोडिया समेतको ५ वटा घर जलेर करिब १७ लाख रुपैयाँ बरारको धनमाल नष्ट भएको छ ।

तेह्रथुमको छथर गाउँपालिका-५ डोप्किले देउराली सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने अग्नि नेपालीको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १० लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका-१२ हरिहरपुरस्थित बस्तीमा मंगलबार साँझ आगलागी हुँदा सोही ठाउँ बस्ने नानु यादव समेतको ३ वटा गोठ तथा २ वटा घर जलेर करिब ६ लाख ५१ हजार रुपैयाँ बरारको धनमाल नष्ट भएको छ ।

बाराको प्रसौनी गाउँपालिका-३ नेपाल उड उद्योगमा राखेको काठमा गएराति आगलागी हुँदा काठ तथा १ थान मेसिन समेत जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।सुनसरीको सुनसरी दुहबी नगरपालिका-८ स्वदेशी साबुन फ्याक्ट्रीको कम्पाउण्डभित्र पुराना कागज पत्रहरु डढाउने क्रममा मंगलबार साँझ आगलागी हुँदा कुलर मेसिन लगायतका मेसिनहरू जलेर नष्ट भएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्