Techie IT
सोमबार, वैशाख ६,२०७८

माकुने प्यानलको वागमति प्रदेशको समानान्तर कमिटिको घोषणा, प्रदेश संयोजकमा शाक्य

केपि ओलीले पार्टिलाई आसेपासे भर्ति केन्द्र वनायो-  माकुने


काठमाण्डौ सुलसुले सम्वाददाता

नेपाल कम्युनिष्ट पार्टि एकिकृत मार्कसवादी लेलिनवादी(नेकपा एमाले)को माधवकुमार नेपाल(माकुने) प्यानलको वागमति स्तरिय समानान्तर कमिटी घोषणा भएको छ । आज चैत्र २४ गते मंगलवार काठमाण्डौको वल्खुमा एक घोषणा सभाको आयोजना गर्दै उक्त कमिटिको घोषणा भएको हो । नेकपा एमालेको बागमती प्रदेश ईन्चार्ज अष्टलक्ष्मि शाक्यको संयोजकत्वमा एक सय पचहत्तर जना रहेको प्रदेश कमिटि घोषणा भएको हो । कमिटिमा केदार न्यौपाने, अरुण नेपाल, पशुपति चौलागाई गरि जम्मा तीन जना सहसंयोक,  रचना वस्नेत सचिव र एक सय सत्तरी जना सदस्य रहेको छ । संयोजक शाक्यले घोषणाकोक्रममा वागमति प्रदेशका १३ वटा जिल्लामा रहेका आफ्ना प्यानलका नेता तथा कार्यकर्ताहरुलाई समेटेर हाललाई एक सय पैसट्ठी जनाको कमिटि चयन भएपनि दश जनाको चयन हुन भने वाँकी रहेको वताएकी छिन् ।

घोषणा सभामा वागमति प्रदेशका प्रदेश कमिटिका पदाधिकारिहरुलाई पूर्व सपथ खुवाउनेक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टि(नेकपा) लाई सर्वोच्च अदालतले आआफ्नो पूर्व अवस्थाका जाने भनेकोले आफ्नै घरलाई वलियो वनाउन फर्केपनि घरको मुलढोकाको ताला लगाएको अवस्थामा आफुहरु रहेको वताएका थिए । उनले सम्वोधनको क्रममा केपि ओलीले गुटबन्दी गरेर पार्टिलाई आसेपासे भर्ति केन्द्र वनाएको र उक्त जम्मा पारेको भजनमण्डलि आफुलाई स्विकार्य नहुने वताए । कम्युनिष्ट पार्टिमा नीति प्रधान हुने वताउँदै उनले भने “सामुहिकता, वहस र विचारमा पार्टि चल्नु पर्दछ । हामी पार्टिलाई सुधारेर र समेटेर राष्ट्रिय उध्देश्यकासाथ समाजवादको दिशामा व्यापक विचार मन्थन गरि समावेशिताकासाथ लैजान चाहेका छौ । त्यसैलै केपी ओलीकोविरुध्द हामी एकतावध्द हुन जरुरी । निर्वाचन आयोगले केपि ओलीलाई अध्यक्ष सदर गरेपनि नआतिनुस हामी एउटै डुङ्गामा छौ । म तपाईंहरुलाई विचमा दुर्घटनामा पार्दिन ।”

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपि ओलिको सोच पहिलेदेखि नै दक्षिणपन्थि धार उन्मुख रहेको वताएका थिए । उनले विगतको ईतिहास कोट्याउँदै २०४४ सालमा केपि ओली जेलवाट निस्केपछि पार्टिका नेता तथा केर्यकर्ता कोहि कसैलाई नभेटि मरिचमानसँग भेटेर राजासँग भेटनतर्फ लागेको वताए । प्रशिक्षणकाक्रममा खनालले भने “नेपाल कम्युनिष्ट पार्टिमा विचार र मन्थनबाट सबै कुरा समाधान गर्न सकिन्छ । अब सुर्य र जवजकोपछि लागेर मार्कस्वादलाई अलपत्र पार्न हुँदैन ।  नेपालको संविधानले जनताको वहुदलिय जनवाद र जनवादी क्रान्तिको सम्वोधन गरि सकेकोले अव समयअनुसारको समाजवादि क्रान्ति आवस्यक रहेको छ । एमालेमा पद र पैसाको लुलुप्त व्यक्ति आवस्यक नहेकोले निस्वार्थ, जुझारु नवकम्युनिष्ट हालको आवस्यक रहेको छ।” तीन वर्षको वजेट आफुले हर्दा सकारात्मक र गुणात्मक दिशातर्फ नलागि दक्षिणपन्थी धारमा लागेको पाएको र केन्द्र र प्रदेशले भन्दा स्थानीय सरकारले राम्रो काम गरेको । तीनवर्ष राजनीतिक विचार प्रशिक्षण र मार्गदर्शन नगरि शुन्यतामा वितेको । अब राज्यका समाजवाद र साम्यवाद आवस्यक रहेको उनको कथन छ ।

 

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्